
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । बिहिवार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यसदिन चाँदीको मुल्य भने आज बढेको छ । बुधबार १हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।







