
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबार सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।
यसदिन छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको हो । आज तेजाबी सुन ८९ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । एक हजार ३१० रुपैयाँमा आइतबार कारोवार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।







