
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै आज तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी २० रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







