
काठमाडौं, नेपाली बजारमा आज सुनको वृद्धि भएको छ । सोमबार सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।
आइतबार ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ९२ हजार ६ सय रुपैयाँ पुगेको छ नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आइतबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि सोही दरले बढेर आज ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी भने ह्वात्तै बढेको छ । प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाकै १४ सय रुपैयाँ पुगेको हो ।







