
काठमाडौं, आज साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनको मुल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९२ हजार १०० भएको हो भने तेजावी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको आज मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







