
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य भने बिहीबारको तुलनामा सामान्य बृद्धि भएर शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







