
काठमाडौं, बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य ५ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला सुनको मुल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज सुन छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मुल्य ९२ हजार रुपैयाँ कामय भएको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । आज चाँदी १५ रुपैयाँले बढेको हो ।







