
काठमाडौं, दुई साता निरन्तर बढिरहेको सेयर बजार सुचक नेप्से मंगलबार घटेको छ । आजको कारोबारमा नेप्से उतार चढाव पार गर्दै २३२६.९० बिन्दूमा रोकिएको हो ।
आज सेन्सेटिभ इन्डेक्स २.८५ अंकले घटेर ४४२.८२ विन्दुमा पुगेको छ । आज २०६ कम्पनीको १ करोड ६३ लाख ५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ७४ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।
मंगलबार फाइनान्स ३७.२२, जीवन बिमा ५३५.६७ र व्यापार समूहको सूचक ३९.६२ अंकले बढेको छ । बैंकिङ समूहको सूचक ८.०६, विकास बैंक २४.९४, होटल २६.३८, जलविद्युत् ८.१४, उत्पादन ३९.१४, माइक्रोफाइनान्स ११.३०, म्युचुअल फण्ड ०.०३, निर्जिवन बिमा १२४.८९ र अन्य समूहको सूचक २८.१३ अंकले घटेको छ । आइतबार २३ सय अंक नाँघेर नेप्सेले अहिलेसम्मकै रेकर्ड तोडेको थियो ।
गिरावट पछि पनि नेप्से २३ सय बिन्दूभन्दा माथि नै छ । मंगलबारको कारोबारमा तीन कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर रोकिएका थिए । प्रोग्रेसिभ फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुर्खाज फाइनान्स लिमिटेडको सेयरमा उच्च वृद्धि भएको थियो । त्यसबाहेक पाँच कम्पनीको सेयरमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।
यसरी वृद्धि हुनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स छन् । राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेपछि बैंक तथा वित्तीय संस्थाहरूले बोनस सेयर वितरणमा केन्द्रीत भए । जसले सेयर बजारमा पुँजीगत लाभ लिनेको ओइरो लागेकाले सेयर बजार निरन्तर वृद्धि भइरहेको छ ।
त्यसबाहेक कोरोना भाइरस महामारीका कारण अन्य लगानीको क्षेत्र प्रभावित भएकाले सट्टेबाजीमार्फत नाफा कमाउन लगानीकर्ताहरू आकर्षित भएका छन । ट्रेडिङ, फाइनान्स, जीवन बीमाबाहेक सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको देखिन्छ । होटल, निर्जीवन बीमा र अन्य समूहको परिसूचकमा भएको उच्च गिरावटले नेप्सेको उकालो यात्रामा ब्रेक लगाउन बल पुगेको देखिन्छ । नेप्से घटेपनि जीवन बीमाको परिसूचक ५ सय ३५ अंकले बढेको छ ।
ट्रेडिङ समूहको परिसूचक १.परिसूचक ५ सय ३५ अंकले बढेको छ । फाइनान्स समूहमा ३.५७ प्रतिशतले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक घटेपनि कारोबारमा भने वृद्धि भएको छ । ७ अर्ब ४६ करोड ७४ लाख रुपैयाँ बराबर कारोबार पुगेको छ ।







