
काठमाडौं, आज साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला ८ सयले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय कायम गरिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । यसदिन चाँदी ४० रुपैंयाँले घटेको छ । १ हजार २३० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।







