
काठमाडौं, नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ । साताको पहिलो दिन आइतबार तोलामा दुई हजार तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई हजार तीन सह रुपैयाँ घटेर छापावाला सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरेहको छ । शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।







