
काठमाडौं, नेपाली बजारमा साताको कारोबारको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
छापावाल सुन यो साताको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन तोलामा ९४ हजारमा कारोबार हुँदा चाँदी तोलामा १३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।







