
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोेबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी शुुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भैरहेको छ ।







