
काठमाडौं, नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । यसअघि सोमबार र मंगलबार समान १ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बुधबार एक्कसी ८ सय रुपैयाँले बढेको हो ।
आज ८ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैैैगरि तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ६५० रुपैयाँ रहेको छ ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य १२ सय ३० रुपैयाँ कायम भएको छ ।







