
काठमाडौं, नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार तोलामा १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको बिहीबारदेखि आइतबारसम्म सुन र चाँदीको मूल्य स्थिर रहेको थियो ।







