
काठमाडौं, नेपाल स्टक एक्सचेन्जले दुई कम्पनीहरुको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले हिमालयन डिष्टिलरी र मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २४ बमोजिम बुझाउनु पर्ने वार्षिक शुल्क नबुझाएका कारण यी दुई कम्पनीसहित २५ कम्पनीको शेयर कारोबार नेप्सेले कात्तिक २ गते रोक्का गरेको थियो।







