
काठमाडौँ, आज सुनको मुल्ममा गिरावट आएको छ । आइतवार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी शुक्रबारकै मूल्य प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।







