
काठमाडौं, शेयर बजारमा आज रू. २ अर्ब ५१ करोड ५ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ ।
मंगलवार १९५ ओटा कम्पनीको ३९ हजार २३६ पटकको व्यापारमा ९९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएको हो भने शेयर बजार ४ दशमलव १७ अंक बढेर १ हजार ५८६ दशमलव २९ अंकमा बन्द भएको जानकारहरुले बताएका छन् ।
सोमवार ३ दशमलव ६३ अंक घटेर १ हजार ५८२ दशमलव १३ विन्दुमा बन्द भएको बजार मंगलवार १ हजार ५८८ दशमलव शून्य २ विन्दुदेखि खुलेको थियो । आज बजार १ हजार ५८८ विन्दुसम्म पुगेर तल झरेको हो ।
यो दिन सर्वाधिक कारोबार गर्ने १० ओटा कम्पनीमा छ ओटा जलविद्युत् कम्पनी रहेका छन् भने १० प्रतिशतले मूल्य बढ्ने पाँच ओटा कम्पनीमा चार ओटा जलविद्युत कम्पनी रहेका छन् । योसँगै आज बजार १ हजार ५८८ विन्दुसम्म पुगेर तल झरेको हो । मंगलवार जलविद्युत् कम्पनीहरुको शेयरप्रति लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।







