
काठमाडौं, आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । आघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलाको ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
महासङ्घका अनुसार यस दिन चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घट्दै १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो ।







