
काठमाडौं, नेपाली बजारमा सुनचाँदीको मूल्य क्रमशः घटिरहेको छ, यसै क्रममा आज बुधबार पनि सुनचाँदीको मुल्य घटेको छ ।
बुधबार छापावाल सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा र तेजावी सुन ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।







