
काठमाडौं, अबैध रक्तचन्दनको कारोबार गर्ने चार व्यक्तिहरुलाई बौद्ध तीनचुलेबाट प्रहरीले पक्राउ गरेको छ । अबैध रक्तचन्दन कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा महानगरीय अनुसन्धान अपराध महाशाखाका विशेष टोलिले अनुसन्धान गर्दै जाँदा गत आइतबार बौद्ध तीनचुलि बुद्धभूमि टोलको डमरु कारखाना (फर्निचर) मा खानतलासी गर्दा, बिक्री वितरण गर्ने उदेश्यले उक्त कारखानाभित्र सुनिल तमाङसमेतको कोठाबाट लुकाईरहेको अवस्थामा २१ के.जि. रक्तचन्दन जस्तो देखिने दुई वटा मुडा बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्लाको किस्पाङ गा.पा.वडा नं -६ घर भई हाल काठमाडौं जिल्ला वडा नं -६ बौद्ध तिनचुले बस्ने १८ वर्षिय सुनिल तामाङ, नुवाकोट जिल्लाको म्याजम गा.पा. वडा नं -५ घर भई हाल का.जि. वडा नं-६ बौद्ध तिनचुले बस्ने २८ वर्षिय ओम बहादुर तामाङ, काभ्रे जिल्ला तिमाल गा.पा. वडा नं -८ घर भई हाल का.जि. ललितपुर पाटन बस्ने २९ वर्षिय कर्नेस तामाङ र सिन्धुपाल्चोक जिल्ला हेलम्बु गा.पा.-६ घर भई हाल का.जि.-६ बौद्ध तिनचुले बस्ने ४२ वर्षिय लाक्पा लामा रहेका छन ।
रक्तचन्दनको दुई वटा मुडा एउटा १६ के.जि र अर्को ५ के.जि. गरि जम्मा २१ के. जि.अन्दाजी रुपैयाँ १ लाख ८६ हजार १५० रुपैयाँको रक्तचन्दन मंगलबार प्रहरीले बराबम गरेका छन । महाशाखाका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला वन कार्यलय, काठमाडौं पठाइएको छ ।







