
नारद कोहार, कपिलवस्तु
जेठ १४- कपिलवस्तुको महाराजगंज नगरपालिका वडा २ उनवलियामा १५ बर्षिय बालिका बलत्कृत भएकी छिन । उनवलियाका २८ बर्षिय गोरखनाथ लोहारले बालिकालाई बलत्कार गरी फारर भएका छन । लोहारले गएराती बालिकालाई घरबाट तानेर घरको पछाडी लगी बलत्कार गरेको बालिका परिवारले जानकारी दिएका छ ।
फरार रहेका पिडक लोहार महाराजगंज १ मा रहेको नेपाल राष्ट्रिय आधारभुत प्राथमिक विद्यालय औरहवाका शिक्षक रहेका छन । राती परिवारले बालिका बेहोस भएको अवस्थामा घर पछाडी भेटाएर प्रहरीलाई खबर गरेका थिए । बालिकाका परिवारले पिडक लोहारलाई समात्न खोज्दा गाँउका केहीले उनलाई भागाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिए। बालिकालाई राती बहादुरगंजमा रहेको शिवराज अस्पतालमा स्वास्थ चेकजाँच गरिएको र फरार भएका पिडक लोहारको खोजी कार्य जारी रहेको प्रहरी निरक्षक खरेलले बताए ।





