
झापा, कमल गाउँपालिकामा आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेको छ । ५० वर्षिय आमा मिरा ऋषिदेवको हत्या गरेको अभियोगमा छोरा दिनेश ऋषिदेव आईतवार राती पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका दिनेशले आफ्नै आमालाई बञ्चरो र ढुङ्गा प्रहार गर्दा मीराको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







