
झापा, आइतबार साँझ करिब ७ बजेतिर झापाको कमल गाउँपालिका ७ मा आफ्नै छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तिमा स्थानीय २१ वर्षिया दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरि ५० वर्षिया आमाको हत्या गरेको हो ।
मदिरा सेवन गरि आएका दिनेश आमासँग विवाद भएपछी बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकका प्रहरी विजयराज पण्डितले बताएका छन । नशाको सुरमा दिनेशले आमामाथी अन्धाधुन्ध बञ्चरो प्रहार गरेको वडा अध्यक्ष पृथ्वीराज राईले सञ्चारमाध्यमलाई जानकारी दिएका छन ।






