
विरगञ्ज, विशेष सुचनाको आधारमा शनिबार बिहान ३ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी टोलिले अवैध ३९ ( २४०० वटा) कार्टुन कुखुराको चल्ला र सवारी साधनसहित दुई व्यक्तिलाई पक्राउ गरेका छन ।
प्रहरी टोलीले पर्सा बहुदरमाई नगरपालिका-२ नगरदाहमा बिन्दवासनी-३ झैवागुठ्ठीका ललन साह कानु र भारत बिहार पूर्वी चम्पारण महादेवाका नरेश यादवलाई नियन्त्रणमा लिएको हो ।

बिआर ०५ एन ७७६५ ना.९प ४०२६ नं.को दुईवटा मोटरसाइकालमा अवैध रुपमा भारत रक्शौलबाट ल्याउदै गरेको कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई चल्ला र सवारी साधनसहित आवश्यक कार्वाहीको लागी जिल्ला पशु क्वारेन्टाईन सिर्सियामा पठाईएको पर्सा प्रहरीले जनाएको छ ।







