वैवाहिक बलात्कारको आरोपमा जेल परेका विकले गरे छुटेकै दिन श्रीमतीको हत्या
मोदी गाउँपालिका–६ दराकमा जीतबहादुर विकले जेलबाट छुटेकै दिन घर पुगेर ५२ वर्षीया श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेका छन् ।
कुटपिटबाट बेहोस सीतालाई प्रहरीले उद्धार गरी राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
कुटपिटको घटनापछि बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए । उनलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए ।
अभियुक्त ५१ वर्षीय जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् ।
घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन् ।


प्रतिकृया दिनुहोस्