दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई आइतबार दिउँसो प्रहरीले उनकै निवास भक्तपुरबाट पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालतले जनाए अनुसार उनलाई आजबाट ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ भने
प्रहरीले प्रसाईंका समर्थकलाई पनि पक्राउ गरेको छ । प्रसाईंका २ जना समर्थक झापाबाट र ५ जनालाई काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि रास्वपाकी केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।
प्रतिकृया दिनुहोस्