May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

झापामा छुरा प्रहार गरि १९ वार्षिया किशोरीको हत्या

सांकेतिक तस्वीर

बिर्तामोड, झापामा छुरा प्रहार गरी किशोरीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार अर्जुनधारा नगरपालिका-६ स्थित महानन्द चोकमा आज साँझ छुरा प्रहार गरी किशोरीको हत्या भएको हो ।

प्रहरीका अनुसार अस्थायी रुपमा विर्मामोड बस्दै आएकी इलामको सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया किशोरी मनिषा लोहारको हत्या भएको हो । कैलालीको गौरीगंगा-३ का २० वर्षीय अनिल विकले किशोरीमाथि छुरा प्रहार गरेका थिए । हत्या गरी भागेका उनलाई स्थानीयले कुटपिट गर्दा उनी घाइते भएका छन् ।

प्रेम सम्बन्धमा दरार आएपछि युवतीमाथि छुरा प्रहार भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । हाल उनि विर्तामोडको बीएन्डसी अस्पतालमा उपचारर्त छन् ।