May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार

अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ

अमेरिकामा वैदेशिक रोजगारी लगाइदिने प्रलोभनमा १५ लाख रुपियाँ ठगी गर्ने काठमाडौँका विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरूले चन्द्र बहादुर रावललाई अमेरिकाको प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख रुपियाँ तलब हुने र यसका लागि प्रतिव्यक्ति ४० लाख रुपियाँ लाग्ने भनी प्रलोभनमा पारेका थिए ।

पटकपटक गरी १५ लाख रुपियाँ लिएर सम्पर्कविहीन रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको