May 12, 2024, Sunday
२०८१ बैशाख ३१, सोमबार

सामाजिक सञ्जालमा महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, कात्तिक १७ गते । सामाजिक सञ्जालबाट महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजालमा फोनमार्फत महिलालाई सम्पर्क गर्न सकिने र महिलाको फोटोसमेत उपलब्ध गराएर छनाेट गरेअनुसारको मूल्य तिरेपछि केटी उपलब्ध गराइने भन्दै सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई बिहीबार विराटनगरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको विराटनगर -६ का २४ वर्षीय गौरव जैन र भोजपुरको भोजपुर -९ का ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी उपरीक्षक) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको