June 24, 2024, Monday
२०८१ असार ११, मंगलवार

श्रीमतीको हत्या गर्ने विनयकुमार पक्राउ

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता गंगाबहादुर थापाका अनुसार २६ वर्षीया सन्ध्या चमारको हत्या गरेको आरोपमा वर्ष २६ का श्रीमान् विनयकुमार चमारलाई प्रहरीले पक्राउ गरेको हो । विनयले कात्तिक ८ गते मायादेवी गाउँपालिका–८ बरकुलमा श्रीमतीको हत्या गरेको आरोप छ ।

श्रीमतीसँग घरायसी विवादको कारणले कुटपिट गरी घाँटीमा रहेको मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । विनयलाई कर्तव्य ज्यान कसुरमा मुद्दा दर्तागरी अनुसन्धान भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको