May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार

कोदालो प्रहार गरी छोराले गरे बुवाको हत्या

सर्लाहीको हरिवन नगरपालिका –३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् ।स्थानीय ३५ वर्षीय गोकर्ण मैनालीले घरायसी विवादमा कोदालो प्रहार गरी बुवा ८१ वर्षका ओमप्रसाद मैनालीको हत्या गरेका हुन् । बुधबार राति गोकर्णले कोदालो प्रहार गर्दा ओमप्रसाद गम्भीर घाइते हुनुभएको थियो ।

ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेले देखेपछि उपचारका लागि नमूना अस्पताल हरिवन ल्याएका थिए । यहाँ उपचार सम्भव नभएपछि उहाँलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरिएकोमा उपचारकै क्रममा बिहीबार राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हरिवन नगरपालिका –४, तीनघरे लच्का क्षेत्रमा हिँड्डुल गरिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक गिरीका अनुसार घटनाको सम्वन्धमा थप अनुसन्धान जारी छ । बुवाको हत्यामा संलग्न गोकर्ण ओमप्रसादका माइलो छोरा हुन् । भारतमा बसेर मजदुरी गर्ने गोकर्ण दसैँ मनाउन भनी घर आएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको