हत्या आरोपीत भण्डारीले लेखे काठमाडौंको अन्य ठाउँमा पनि हत्या गरेको छु
आरोपमा भदौ ३१ मा पक्राउ गरिएका संजय भण्डारीले काठमाडौँमा अन्य दुई ठाउँमा हत्या गरेको बताएका छन् ।काठमाडौंको गैह्रीगाउँस्थित दिव्या स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपीत भण्डारीलेले अन्यत्र पनि हत्या गरेको दाबी गरे ।
उनले भदौ २९ मा राति सः मिलमा नवीन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको आरोप छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका संजय जन्मजात नै बोल्न सक्दैन थिए । फरक क्षमता भएका संजयलाई प्रहरीले दोभाषेको सहयोगमा लेख्न लगाएर सोधपुछ गरिरहेको छ ।
सोधपुछ गर्दा उनले नक्सालस्थित भाटभटेनी, धुम्बाराही र रातोपुलमा पनि हत्या गरेको बताएपछि अनुसन्धान अधिकृतहरु चकित भएका छन् । संजय ‘सिरियल किलर’ हुनसक्ने आशंकामा जिल्ला प्रहरी परिसर काठमाडौँले उनले दाबी गरेका घटनाहरुबारे पनि अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले आरोपीतलाई लगेर भाटभटेनी र रातोपुलको घटनास्थल निरीक्षण गरेका छन् । अनुसन्धान अधिकृतहरुले उनले दाबी गरेका कुराहरु पुष्टि गर्ने प्रयास गरिरहेका छन् । हत्या गरेको दाबी गरेपनि उनले मिति स्पष्ट भन्न सकेका छैनन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘उनले भनेका कुरा सत्य हुन वा हैनन् भन्नेबारे हामी पुष्टि गर्ने प्रयासमा छौँ ।’
नक्सालमा ब्रेल लिपिको माध्यमबाट उनले १२ कक्षासम्म पढेका छन् । बालमन्दिरमा पढ्न जाँदा उनी पैदल हिँडेर काँडाघारीस्थित दिदी–भिनाजुको घरबाट आउजाउ गर्थे । एकजना व्यक्तिसँग १३ हजार लिनुपर्ने तर, नदिएपछि हत्या गरेको उनले अनुसन्धान अधिकृतहरुसँग दाबी गरेका छन् ।
पक्राउ परेको दिन उनले लेखेका थिए,‘आई किल्ड फोर पिपुल ।’ उनी नेपाली र अंग्रेजीमा लेखेर प्रहरीले भाषा सहयोगीमार्फत सोधेका प्रश्नको जवाफ फर्काउँछन् ।काठमाडौँको गैह्रीगाउँस्थित दिव्या स:मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितलाई प्रहरीले क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेराको सहयोगमा पक्राउ गरेको थियाे । सःमिलमा नविन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्यापछि हत्यामा संलग्न आरोपित झोलामा खुकुरी हालेर निस्केका थिए ।काठ मिल पछाडिबाट पर्खाल नाघेर निस्केपछि उनी मुल सडकको किनारा हुँदै कोटेश्वरतर्फ भागेका थिए ।
प्रतिकृया दिनुहोस्