September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

फेसबुकमा नक्कली आइडी बनाईचरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लील फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमा केटी साथीहरूसँग नजिक भई प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लील फोटो तथा भिडियोहरूको दुरुपयोग गरी नक्कली फेसबुक आइडी बनाई उक्त भिडियोहरू पीडितको आफन्तहरूलाई समेत पठाई चरित्र हत्या गरेको घटनामा संलग्न चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको