जिल्ला प्रहरी कार्यालय रुपन्देही- बिभिन्न किसिमका मोवाईलहरु बरामद

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा अं. मुल्य रु.३,३२,०००/- वरावरको बिभिन्न किसिमका मोवाईलहरु वरामद गरी आवश्यक कारवाहीको लागी वरामद मोवाईलहरु र मानिस समेत भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ ।

मिति २०८०।०४।१७ गते अं. २३:५५ बजेको समयमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. १३ स्थितबाट ऐ.ऐ. बस्ने बर्ष ४० को विशाल जैसवालले आफै घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनीका स्क्रिनटच मोबाईल थान-३६ पिस, विभिन्न कम्पनीको सादा मोबाईल थान-१० पिस र पावर वैँक थान-६ पिस अं. मुल्य रु. ३,३२,००० /- बरावरको मोवाईलहरु रितपुर्वक वरामद गरी मानिस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको ।