March 30, 2024, Saturday
२०८० चैत्र १७, शनिबार

भित्री बस्त्रमा लुकाएर ब्राउनसुगर लैजादै गर्दा युवती पक्राउ

झापामा लागूऔषध ब्राउनसुगर लुकाएर जहाज चढ्न लागेका दुई युवती पक्राउ परेका छन् । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित दिदिबहिनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हेटौँडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उहाँकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई भित्र बस्त्र (पेन्टि) भित्र गुप्ताङ्गमा लगाएको प्याडमा लागूऔषध हालेर बोकेको थाहा पाएपछि प्रहरीले विमानस्थलबाट नै पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पछिल्लो समयमा लागूऔषध कारोबारीहरुले प्रहरीलाई आँखा छल्न फरकफरक उपाय अपनाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट उनिहरु काठमाडौं जाने तयारीमा रहेका थिए ।

विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथमा लागूऔषध रहेको पत्ता भएको हो । प्याडमा प्याडकै आकार बनाएर ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर लुकाएको अवस्थामा फेला परेको रिजालले जानकारी दिनुभयो ।