March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

बाँकेमा एक महिलाको मृत्यु,तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले घटना शङ्कास्पद रहेकाले अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने बताउनुभयो । 

‘मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो, भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ’ डिएसपी तिवारीले भन्नुभयो, ‘घटना शङ्कास्पद भएकाले परिवारकै तीन जनालाई नियन्त्रणमा लिएका छौँ ।’ 

घट्नाको अनुसन्धानका लागि कोहलपुर प्रहरीले मृतकका पति,ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । सो घटना शङ्कास्पद देखिएपछि अनुसन्धानको दायरा फराकिलो पारेर सूक्ष्म रूपमा अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ । 

मृतकका माइती पक्षले भने घरपरिवारले प्रीतिको हत्या गरेको आरोप लगाएका छन् । घटनाको दिन बिहानसमेत पतिसहित घरपरिवारका सदस्यले उनीमाथि कुटपिट गरेको खुल्न आएको कोहलपुर प्रहरीले जनाएको छ ।

बाँकेको कोहलपुर नगरपालिका –२ बर्दहवामा एक महिला सोमबार मृत अवस्थामा फेला परेकी छन्। स्थानीय २० वर्षीया प्रीति थारु घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले घटना शङ्कास्पद रहेकाले अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने बताउनुभयो ।

‘मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो, भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ’ डिएसपी तिवारीले भन्नुभयो, ‘घटना शङ्कास्पद भएकाले परिवारकै तीन जनालाई नियन्त्रणमा लिएका छौँ ।’

घट्नाको अनुसन्धानका लागि कोहलपुर प्रहरीले मृतकका पति, ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । सो घटना शङ्कास्पद देखिएपछि अनुसन्धानको दायरा फराकिलो पारेर सूक्ष्म रूपमा अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ ।

मृतकका माइती पक्षले भने घरपरिवारले प्रीतिको हत्या गरेको आरोप लगाएका छन् । घटनाको दिन बिहानसमेत पतिसहित घरपरिवारका सदस्यले उनीमाथि कुटपिट गरेको खुल्न आएको कोहलपुर प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको