November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

नीरा हत्याकाण्ड: विनोद विश्वकर्मा पक्राउ,भाँडा देखाउदा निरालाई पछाडिबाट छुरा प्रहार गरेका थिए

काठमाडौं, वैशाख १७ गते। काठमाडौंको कपनस्थित सरस्वतीनगरमा १ साताअघि भएको हत्या काण्डमा संलग्न विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत विश्वकर्मालाई शनिबार राति १० बजे झापाबाट पक्राउ गरेको जानकारी दिएको हो।

विश्वकर्मा भक्तपुरको लोकन्थली वडा नम्बर १ मा साथीको कोठमा करिब एक हप्तादेखि बस्दै आएको र वैशाख ७ गते बिहान १०, ११ बजेतिर चाबहिल आएको अनुसन्धानमा खुलेको छ। त्यसपछि निरा पाण्डे आचार्यको पसलमा दिउँसो २ बजेतिर भाँडा किन्ने बाहानामा पसल प्रवेश गरेको जनाइएको छ।

एटीएम कार्ड लिन भनी सामान त्यही राखेर बाहिर निस्केको र करिब २:४४ तिर पुनः प्रवेश गरेर भाँडा देखाउने क्रममा निरालाई पछाडिबाट प्रहार गरेको र पसलमा भएको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको