December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

स्रोत नखुलेको २८ लाख ५९ हजार ९६० रुपैया बरामद

रौतहट, रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ ।

इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फबाट आउँदै गरेको बीआर ३० एन ९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा एक युवकका साथबाट सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

नेपाल भारत सिमानाबाट लवतनातर्फ आउँदै गरेका इशनाथ-९ का २० वर्षीय दिलीपकुमार साहको साथबाट श्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका उपरीक्षक सूर्यबहादुर सेन ओलीले बताए । मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउँदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ओलीले बताए ।

पछिल्लो समय रौतहटको पश्चिमी नाका हुँदै नेपालतर्फ ल्याइएको श्रोत नखुलेका लाखौं रकम पटक पटक प्रहरीले बरामद गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको