November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

रौतहटमा प्रहरिको कुटाइबाट मृत्यु भएको मृतक परिवरको आरोप

रौतहट, २० वर्षिया राम चमार हत्याकाण्डमा संलग्न्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सात जनामध्ये एक जनाको गए राती मृत्यु भएको छ । मृत्यु हुने व्यक्ती गरुडा नगरपालिका-८ का १९ वर्षिया विजयकुमार चमार हुन ।

प्रहरी हिरासतमा रहेका आरोपित विजयकुमारको विरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत थिए सोही क्रममा राती १२:३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रबक्ता भरत श्रेष्ठले जानकारी दिएका छन ।

हत्याको आरोपमा हिरासतमा रहेको छोरालाई प्रहरिबाट सहन नसक्ने गरि कुटपिट भएकाले मृतकका बुबा पनिलाल चमारले आरोप लगाएका छन । छोरालाई हत्यामा फसाउन प्रहरीले कुनै कसर नछोडेको उनी दाबी गर्छन ।

यता पक्राउ परेका मृतक विजयरामको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको समय उनको पिसाब तथा मिर्गौलामा समस्या आएपछि अनामिका अस्पतालबाट थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताएका छन ।

उपचारका क्रममा पिसिआर टेष्टसहित दुुई÷दुुई पटक डायलाइसिस गरिएको तथा दुवै मिर्गौलाले काम गर्न छाडेपछि विजयको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन ।

शीर्ष समाचार

धेरै पढिएको