
काठमाडौं, क्यानडा पठाइदिन्छु भन्दै आफुलाई प्रभावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्ने तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर-९ घर भई हाल श्रीटोल, धापासी बस्ने २९ वर्षिया ध्रुव थापा, विरेन्द्रनगर-९ का २४ वर्षिया सन्ध्या थापा र सुनसरी, धरान-३ का ४६ वर्षिया राजेन्द्र कुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरिका अनुसार ठगी गर्ने व्यक्तिहरुलाई बुधबार नियन्त्रणमा लिई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ ।







