
मध्यप्रदेश, भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो ।
आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन । एजेन्सी







