
काठमाडौं, राष्ट्रिय क्रिकेट टोलीका कप्तान अर्थात् क्रीकेटर सन्दिप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकका अनुसार उनीविरुद्ध मंगलबार १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको
हो ।
उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आफुले निर्देशन दिइएको प्रहरीले जनाएको छ ।
यसअघि नेपाली टोलीको नेतृत्व गर्दै सन्दीप केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । सोही दिनको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी छन् ।
हाक सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । स्न्याप च्याटमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको बताइएको छ ।







