
मोरङ, मोरङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीले मंगलबार बिहान उनलाई बलात्कार गरेको अभियोगमा जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हाल घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







