
काठमाडौँ, काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट ‘मेड इन युएस’ लेखेको २ थान पेस्तोल, २ थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने १० राउन्ड गोलीसहित नुवाकोट शिखरबेसी–६ बस्ने २७ वर्षीय विकेश पण्डित पक्राउ परेका छन् ।
काठमाडौं अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । पण्डितसँगकाे प्रारम्भिक सोधपुछका क्रममा पेस्ताेल ओसारपोसार गराउन लगाउने नुवाकोट लिपु गाउँपालिका–१ का २८ वर्षीय अमर तामाङलाई पनि प्रहरीले पक्राउ गरिएको छ ।







