
झापा, झापामा दाइजोको विषयमा विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । झापहो मेचीनगर नगरपालिका ४ निवासी २८ वर्षीय डेबिट चौधरी शनिबार पक्राउ परेका हुन् ।
उनले मेचीनगर १५ बस्ने पुष्पलाल राजवंशीको छोरीसँग विवाह गर्ने क्रममा दाइजोमा मोटरसाइकल नदिएको भनी विवाद गरेका थिए ।
त्यसलगत्तै पुष्पलालले डेबिटलाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार चौधरीलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान भैरहेको छ ।







