September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

फ्रि फायरको चिनजान: १३ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं, अनलाइन गेम फ्रि फायरमार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ ।प्रहरीका अनुसार सोमबार चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाशलाई नियन्त्रणमा लिइएको हो ।

बालिकाको अभिभावकले छोरी हराएकोले खोजी गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । त्यसलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थमा बालिका फेला परेकी थिइन् ।

यसैगरी थप अनुसन्धान तथा सोधपुछ क्रममा अभियुक्त महेश उदाशसँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेन्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भएको खुलेको छ । महेशले विवाह गर्ने लगायतको आश्वासन दिई गत चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा काठमाडौँ आएको प्रहरीले जनाएको छ ।

यसअघि गत चैत ३० गते राति काठमाडौँ टोखा नगरपालिका–६ स्थित बसुन्धरामा राखी उदाशले बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । हाल उदासमाथि थप अनुसन्धान भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको