September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

अर्जुन दास हत्या प्रकरण: चार जना पक्राउ

काठमाडौं, कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न रहेका चार जनालाई पक्राउ गरिएको छ ।

रुपन्देही सिमानाकाबाट गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा टेकुका अनुसार प्रहरीले फरार रहेका ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका ९ कै १९ वर्षीय युवाहरु सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बमबहादुर बोहोरा रहेका छन् ।

सो युवाको समूहले ‘दासलाई मोबाइल चोरी गरेको आरोपमा लागूऔषध सेवन गरेको अवस्थामा हत्या गरेको महाशाखाले जानकारी दिएको छ । यसैगरी उनीहरुलाई थप अनुसन्धानका लागि कैलाली जिल्ल प्रहरी कार्यालय पठाइएको छ ।

यसअघि गत वर्ष पुस २ गते घरबाट निस्केका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रातिसम्म घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा उनको शव भेटाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको