हिरासतमा रहेका अभिनेता शाहलाई गैंडाकोट पुर्याइयो
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २४

नवलपरासी, नाबालिक गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा पुर्याइएको छ ।
प्रहरीका अनुसार किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको हो ।
यसअघि बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ । नाबालिक गायिकाले फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन् ।
प्रतिकृया दिनुहोस्