June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्न आदेश

काठमाडौं, नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अनुसन्धानका लागि समय माग गरेकोले थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

यसअघि गायिका समिक्षा अधिकारीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए । उनी आफैँ तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको