September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाईकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चावहिल बस्ने वर्ष २३ को सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने वर्ष १८ को समिर तामाङ् रहेका छन ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङ्गको साथबाट बास्तबिक नम्बर परिबर्तन गरि बा.प्र.-०२,०२५ प १३१८ नम्वर हालेको अबस्थामा कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल समेत बरामद गरेको जानकारी दिनुभयो ।

अनुसन्धान पश्चात बास्तबिक नम्बर बा.प्र.-०२, ०२९ प ५२०९ भएको उक्त मोटरसाईकल यहि पौष १४ गते भक्तपुर निलबाराहीबाट हराएको खुलेपछि मोटरसाईकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उहाँले बताउनुभयो ।तामाङ्गलाई थप अनुसन्धान एव कारबाहीको लागी महानगरीय प्रहरी बृत्त ठिमी पठाइएको महाशाखाले जनाएको छ ।

त्यसैगरि ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्वरको कालो सेतो रंङको २०० सी.सी.को डुक मोटरसाईकल सहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । महतराले उक्त मोटरसईकलको बास्तबिक नम्बर प्लेट भने परिबर्तन गरेका थिए ।
तार्केश्वरका प्रज्वल बोगटीको बास्तबिक नम्बर बा ९९ प ४८८२ भएको उक्त मोटरसाईकल काठमाण्डौं स्थित भृकुटीमण्डपबाट हराएको भनि ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए ।

मोटरसाईकल सहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी बृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको